नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर बिक्रीमा

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा बिक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा १ लाख ६८ हजार १९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले ६ जना संस्थापकहरूको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यस अघि गत जेठ ११ गते ३५ दिने सूचना जारी गरेको थियो । तोकिएको अवधिमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागिएको हो । इच्छुक विद्यमान खरीदकर्ताहरूले आगामी ७ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको शेयर शाखामा आवेदन पेश गर्नुपर्नेछ । 

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ