कति पुग्यो अमेरिकी डलरको भाउ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार बेलायती पाउन्ड र मलेसियन रिंगिटको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज पाउन्ड १ को खरिद दर १७१।७९ रुपियाँ र बिक्री दर १७२।५६ रुपियाँ तोकिएको छ । हिजो भने सो मुद्राको खरिद १७१।६५ रुपियाँ र बिक्री १७२।४२ रुपियाँ थियो ।

त्यसैगरी मंगलबार रिंगिट १ को खरिद मूल्य २८।८१ रुपियाँ र बिक्री २८।९४ रुपियाँ रहेकामा आज भने खरिद २८।९२ र बिक्री २९।०५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३३।६७ रुपियाँ र बिक्री १३४।२७ रुपियाँ रहेकामा सोमबार र मंगलबार दुवै दिन सोही दरमा खरिदबिक्री भएको थियो ।

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर