संस्थापक सेयरमा लकइन अवधि बढाइने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थापक सेयरमा लकइन अवधि बढाउने भएको छ । बोर्डले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको छ ।

हाल संस्थापकको सेयरमा लकइन अवधि ३ वर्षको छ । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एउटै (३ वर्ष) हुँदा प्रभावित स्थानीय मर्कामा पर्ने गरेका छन् ।

‘सूचीकृत संगठित संस्थाको संस्थापक सेयरमा हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।
‘प्रभावित स्थानीयको पनि लकइन अवधि ३ वर्ष नै भएकाले संस्थापकको हकमा केही बढाउनुपर्ने आवश्यकता देखिएकाले यो तयारी गरिएको हो’ बोर्डका एक उच्च अधिकारीले भने ।

संस्थापकलाई लकइन अवधि कति राख्ने भन्ने विषय भने अध्ययन र सम्बद्ध क्षेत्रसँगको परामर्शपछि तय हुने बोर्डले जनाएको छ । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एकै समय राखिँदा बजारमा सेयर संख्या एक्कासी बढ्न जाने र त्यसले मूल्य बढी मात्रामा प्रभावित हुने गरेको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ