IPO

आईपीओ जारी गर्न लिबर्टी माइक्रो लाइफले डाक्यो साधारणसभा

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले साउन ३१ गते बिहीबार  पोखराको न्युरोड–८ स्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।

त्यस्तै ,सभामा  आईपीओ जारी गरेपश्चात् प्राप्त पूँजीको उपयोग गर्ने  र आईपीओ निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने बिषयमा छलफल गरि निर्णय गर्ने एजेन्डा रहेको छ ।

Related posts

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी