आईपिओको नाममा सूर्योदय वोमी लघुवित्तको असुली धन्दा, घाटामा गएको सस्थांलाई उकास्ने गतिलो अस्त्र

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । वित्तीय विवरण अनुसार संस्थाले चालु आर्थिको वर्षको तेस्रो त्रैमासिक सम्ममा २ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आथिक वर्षको तुलनामा ५९.३१ प्रतिशतले घटेको वित्तीय विवरणमा देखिन्छ । गत आर्थिक वर्षको अवधिमा संस्थाले ५ करोड ६३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १३.८४ प्रतिशतले घटेको देखिन्छ । तेस्रो त्रैमासिक सम्ममा संस्थाले ३७ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ ।
समीक्षा अवधिसम्म संस्थाको कुल सञ्चालन आम्दानी १३.५३ प्रतिशतले घटेर ४३ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ । संस्थाले कर्मचारीको तलब लगायतका सेवा सुविधाका लागि ३२ करोड ८४ लाख र अन्य सञ्चालनका लागि ६ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।
संस्थाको रिजर्भको आकार १.४६ प्रतिशतले बढ्दै ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ पनि १५ करोड ७६ लाख रुपैयाँले बढेर १७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ४ अर्ब ७९ करोड ९५ लाख र कर्जा प्रवाह १० अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी ईपीएस घटेको छ । संस्थाको ईपीएस ९.४९ रुपैयाँबाट घटेर ३.३६ रुपैयाँमा सीमित बनेको छ । संस्थाको प्रतिसयर नेटवर्थ १५७.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २५६.१९ रुपैयाँ,मूल्य आम्दानी अनुपात २२६.०३ गुणा र तरलता अनुपात ४.७७ प्रतिशत रहेको छ ।
संस्था ओरालो लाग्दा लाग्दै पनि सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ साउन १६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपिओ बाँडफाँट हुने लागेको हो ।
कम्पनीको एफपिओमा साढे १६ लाख आवेदकको हात रित्तो हुने पक्का छ । सिडिएसका कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म निष्कासन गरेको एफपिओमा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ताका लागि आवेदन दिएका छन् । जस मार्फत २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ शेयर निष्काशन गरेको हो । जसअन्तर्गत ४ हजार ६७२ जनाले १०।१० कित्ता शेयर पाउने छन् । सोहि मध्यका ९ जना भाग्यमानीले थप १ कित्ता गरी ११ कित्ता शेयर पाउने छन् । कम्पनीको एफपिओमा आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुने भएसंगै सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था विवादमा तानिएको छ ।
लाखौं आवेदकलाई भ्रम पार्न सफल भएको सस्थांले नियमक निकायलाई पनि चुनौती दिएर घाटामा गएको कम्पनीलाई उकास्ने गतिलो अस्त्र प्रयोग गरेका देखिन्छ ।

Related posts

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

1 comment

आईपिओको नाममा सूर्योदय वोमी लघुवित्तको असुली धन्दा, घाटामा गएको सस्थांलाई उकास्ने गतिलो अस्त् July 30, 2024 - 6:27 pm
[…] […]
Add Comment