IPO

आइपीओ निष्काशन गर्न लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो विषेश साधारणसभा

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने तयारीका साथ विषेश साधारणसभा बोलाएको छ ।

साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले आईपीओ निष्कासनको एजेण्डा पारित गर्न आगामी साउन ३१ गते विशेष साधारण सभा डाकेको छ ।

उक्त बैठक पोखराको न्यूरोड–८ मा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे सभा आयोजना हुने भएको छ ।

सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोगको सम्बन्धमा निर्णय गर्ने तथा यस कार्यका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

Related posts

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी