पुरुन्डीवासीलाई बिहान बेलुका पानीकै चिन्ता, एक गाग्री भर्न घण्टौं लाइनमा

काठमाडौं । पुरुन्डो गाउँमा बसेंटखि पिउने पानीको समस्या छ । १० देखि १५ घरधुरीको बिचमा रहेका पानीका धारामा मुस्किलले एकरदुई घण्टा मात्र पानी आउँछ ।

यहाँ बसोबास गर्ने करिब एक सय घरधुरीलाई पिउने पानीको निकै समस्या छ । पुलाडाँडा पुरुन्डी खानेपानी योजनाले गाउँमा खानेपानीका ट्याङ्की र प्रत्येक घरमा पानीका धारा निर्माण गरेपछि पुरुन्डीबासीमा पानी आउने आशा पलाएको छ ।

एक गाग्री पानी लिन घण्टौं लाइन बस्नुपर्ने बाध्यता अहिले पनि पुरुन्डीबासोको छ। पालो पर्खिदा धारामा पानी सुकेर रित्तो गाग्री लिएर घर फर्किनु परेको पोडा स्थानीय डिलबहादुर परियारले सुनाए । त्यस्तै ध्रुव परियारलाई पनि बिहान बेलुका पानीकै चिन्ता छ। घरको आँगनमा बनेका धाराबाट पानी आउने आशामा परियार छन् ।

पुरुन्डीबासीले भोगेको पानीको समस्या समाधान गर्न बेनी नगरपालिकाले अहिले एक घर एक धारा योजना सञ्चालन गरेको छ। योजना अन्तर्गत पुरुन्डीबासीको घर घरमा पानीका धारा बनेका छन्।

पुरुन्डीबासोको सपना पूरा गर्न ७० लाख रुपियाँको लागतमा पुलाडाँडा पुरुन्डी खानेपानी योजना अहिले निर्माणाधीन छ। धारो देखाउँदै डिलबहादुरले भने, ‘पिउने पानीको धेरै समस्या भोगियो, एक गाग्री पानी लिन घण्टौंसम्म पनि पालो पर्खिनुपर्ने बाध्यता छ, घरको आँगनमा बनेको धारा बनेपछि पानी आउने आशा जागेको छ। अब त हाला दुःखका दिन जान्छन् होला । दुईरचार महिनाभित्रमा धाराबाट पानी खस्छ भन्छन्। पानी आउने दिन पर्खिएर बसेका छौं।’

चन्द्रदेवी परियार पनि आँगनमा पानीका धारा भनेपछि खुसी हुनुहुन्छ। एक गाग्री पानी लिन एक घण्टा पैदल हिँड्नु परेको सम्झिदै उनले गाउँदेखि माथि बनेको पानी ट्याङको देखाउँदै भने, ‘ठुलो पानीको ट्याङको निर्माण भइसकेको छ। घरको आँगनमा पनि धारा बनेका छन्। अब त कसो पानी नआउला रु’

चनौटेस्थित पानीको स्रोतलाई पाइलाइनमार्फत पुरुन्डीमा निर्माण भएको ट्याङ्कीमा जम्मा गरेर पानी वितरणको तयारी गरिएको छ । योजनामा ३० घनमिटरको एक बटा र २० घनमिटरको दुई वटा पानी सक्क्कलन गर्ने दयाको निर्माण गरिएको छ।

जम्मा १०५ वटा निजी धारा निर्माण भइसकेका छन् भने केहो धारा निर्माणाधीन छन्। बृहत् घोप्टेखोला खानेपानी आयोजनाको पानीलाई समेत स्रोत मानेर योजना निर्माण गरिएको छ ।

योजनाको साइट इन्जिनियर गौरोस्बर रिजालका अनुसार योजना अन्तिम चरणमा पुगेको र फिनिसिङ र फिटिङको काम मात्र बाँकी रहेको बताए । सत्रीय सरकारको बजेटबाट निर्माण हुने योजना सम्पन्न गर्न बानियाँ निर्माण सेवासँग बेनी नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो ।

Related posts

के तपाईलाई अर्गानिक केक चाहिएको छ ? अब सबै फ्लेभरका केक एकै ठाउँमा, द केक नेपाल

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

एस.ई.ई. को नतिजा भोली प्रकाशन गर्ने तयारी