आर्थिक वृद्धि ६ प्रतिशत हासिल गर्ने लक्ष्य : यस्ता छन् मौद्रिक नीतिका ५ रणनीति

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१ /८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । वित्त नीति बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी लचिलो मौद्रिक नीति लिएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

यस्ता छन् रणनीति

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुशको रूपमा यथावत् राखिएको छ ।

  • मुद्रास्फीतिलाई ५।० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिनेछ ।
  • कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।
  • भारतीय औसत अन्तर बैङ्क दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा यथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनमार्फत यसलाई नीतिगत दरकै हाराहारीमा कायम गरिनेछ ।
  • आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेटमा अनुमान गरिए बमोजिम ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिनेछ ।
  • आर्थिक वर्ष २०८१/८२ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ ।

Related posts

असोजका लागि घट्यो ब्याजदर, कुन बैंकमा पैसा राख्दा पाइन्छ धेरै ब्याज ?

‘२८ हजार मेगावाट उत्पादनको लागि ४६ खर्ब लगानी आवश्यक: बैंक, बीमाका लागि धेरै ठूलो अवसर’

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?