घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।

अघिल्ला दिन अर्थात् बिहीबार १ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आजका लागि भने छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुनको भाउ भने १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन १ लाख ४४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँ घटेर १ हजार ७३० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन भने १ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ