केन्द्रीय बैंकले वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानलाई ब्यापक रुपमा अघि बढाउने भएको छ ।

आममानिसलाई वित्तीय रूपमा साक्षर बनाउने लक्ष्यका साथ केन्द्रीय बैंकले अभियानको प्रबन्ध गरेको हो ।

चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ग्राहकको हित संरक्षण, बैंक तथा वित्तीय संस्थाप्रति सेवाग्राहीको दायित्वलाई ध्यानमा राखेर वित्तीय साक्षरतालाई विशेष जोड दिइएको बताए ।

सेवाग्राहीप्रति बैंक तथा वित्तीय संस्थाको दायित्व, कर्जा व्यवस्थापन, ब्याजदर, वित्तीय सेवाको तुलनात्मक विश्लेषण, डिजिटल बैंकिङ, वित्तीय ज्ञान एवं मनोवृत्तिमार्फत वित्तीय व्यवहारमा परिवर्तन ल्याउन कार्यक्रम अगाडि बढाउने लक्ष्य निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा