लगातार बढिरहेको सेयर बजार घट्यो

काठमाडौं। शेयर बजार लगातार ६ दिन बढेर आज भने उच्च अंकले करेक्शन भएको छ । बजार लगातार ३२३ अंक उचालिएर आज भने उच्च अंकले घटेको हो । 

अव आवका अन्तिम दिन अर्थात असार ३१ गतते सोमबार १७।१८ अंकले घटेर नेप्से २२४०.४१ अंकमा झरेको थियो । नयाँ आर्थिक वर्ष शुरु भएपछि ६ दिन बजार लगातार बढ्यो । हिजो मंगलबारसम्म आइपुग्दा नेप्से उचालिएर २५६३.४३ अंकमा पुगेको थियो ।  बजार साउन १ गते ७०.१८, २ गते ५४.०४, ३ गते बिहीबार ५९.६८, ६ गते ६१.६१, ७ गते २.१५ र हिजो ८ गते मंगलबार ७५.३३ अंकले उचालिएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.३२ अंकले घटेको हो । १.०६ अंकले बजार तल झदा नेप्से २५३६.११ अंकमा ओर्लिएको छ ।  समग्रमा बजार घटे पनि वित्त र होटल समूह क्रमशः १.१६ र ०.१३ प्रतिशतले बढेका छन् । बाँकी अरु राताम्मे भए । 

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ