डलरको भाऊ हालसम्मकै उच्च, यस्तो छ बाँकी देशको विनिमय दर

काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। बुधबार डलर हालसम्मकै महँगो भएको छ।

बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रूपैयाँ २१ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत साउन ६ गते डलरको भाउ १३४ रूपैयाँ १७ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य ४ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ १९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८४ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रूपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रूपैयाँ २५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ६० पैसा र बिक्रीमा २८ रूपैयाँ ७३ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ०३ पैसा र बिक्रीमा ४३९ रूपैयाँ पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ०६ पैसा तोकिएको छ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ