निफ्राको १० लाख कित्ता शेयर लिलामी बिक्री खुला

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा को संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ।

बैंकले निफ्राको १० लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको हो। यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँको दरले आवेदन दिन सक्नेछन् भने न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

यो कम्पनीको शेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, सङ्घ, संस्थाहरूले आवेदन दिन सक्नेछन्।

यसमा साउन १५ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। लिलामी आवेदन एनआईसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरू विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेस गर्न सकिनेछ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ