ओभरसब्सक्राइब्ड भैसकेको सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिनुभयो ? आवेदन दिने अन्तिम मिति केहिले ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने मिति अब केही दिन मात्र बाँकी रहेको छ । साउन ४ गतेदेखि निष्काशन गरेको एफपीओमा लगानीकर्ताले साउन ८ गते अर्थात यही मंगलबारसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

क्रेडिट रेटिङ संस्थाले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ । लघुवित्तको आइपीओमा पहिलो दिनमै ओभरसब्सक्राइब्ड भैसकेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मागभन्दा १०५.४० गुणा बढी आवेदन परिसकेको छ ।

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा