विदेशी मुद्रामा खाता खोल्न यस्तो छ नेपालमा प्रावधान

काठमाडौं । के तपाइलाई नेपालमा विदेशी मुद्रामा खाता खोल्नेबारे जानकारी छ ? यदि छैन भने यहाँ हामीले यसबारे उल्लेख गरेका छौं । 

परिवत्र्य विदेशी मुद्राको स्रोत भएका व्यक्ति तथा निकायले नेपालमा सोही मुद्रामा चल्ती, बचत, कल वा मुद्दती (खातावालाको प्रकृतिअनुसार) खाता खोल्न सक्छन् । 

नेपाल राष्ट्र बैंकले दैनिकरुपमा प्रकाशन गर्ने विनिमय दरसम्बन्धी सूचनामा समावेश भएका परिवत्र्य विदेशी मुद्रामध्ये भारतीय रुपैयाँबाहेक खरिद तथा बिक्री दुबैदर उल्लेख भएका मुद्रामा मात्र यस्तो खाता खोल्न सकिन्छ । 

प्राकृतिक व्यक्तिको हकमा विदेशी मुद्राको स्रोतसम्बनध विवरण पेस गर्नु पर्दछ भने अमेरिकी डलर पाँच हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी हुनेगरि नगद विदेशी मुद्राको आधारमा खाता खोल्नका लागि नियमानुसारको भन्सार घोषणा कागजात पेस गर्नुपर्दछ । 

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा