यो साता पनि सेयर बजारमा उत्साह कायमै, कारोबार रकम कति ?

काठमाडौं । शेयर बजारले यो साताको शुरुमा पनि गत साताकै लय समातेको छ। साताको पहिलो कारोबारको दिन आज ९आइतवार० ६० अंकमाथिको वृद्धि देखिएको छ।

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ६० दशमलव ३६ अंकले बढेर २ हजार ४८४ दशमलव ६८ को बिन्दुमा पुगेको छ। नेप्से समग्रमा २ दशमलव ४८ प्रतिशतमा बढेको हो।

आइतवार १५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ। ३१५ कम्पनीका ४१ करोड १९ लाख ५ हजार ५३४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ।

१७७ कम्पनीका शेयर हरिया भएका छन्। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३ दशमलव २४ अंकले बढेर ४४९ दशमलव ३९ बिन्दु छोएको छ।

युनाइटेड मोदी हाइड्रो, समता घरेलु लघुवित्त, हिमालयन बैंक, गणपति लघुवित्त, मन्दाकिनी हाइड्रोलगायतले धेरै कमाएका छन्।

कारोबार रकमका आधारमा अगाडि रहेको सोल्टी होटलले ४ करोडभन्दा बढी कारोबार गरेको छ भने हिमालयन रि(इन्स्योरेन्सले ३० करोड, कुमारी बैंकले २७ करोड, सीईडीबी हाइड्रोपावरले २६ करोड, शिवम् सिमेन्टले २४ करोडको कारोबार गरेका छन्।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ