तिमी आउँनु।

अजय कार्की
काठमाडौं ।
तिमी आउँनु यसरी आउँनु
जसरी मेरो पर्खाइको अन्त्य होस।
तिमी आउँनु यसरी अंगाल्नु जहाँ मेरो
चेतनाको समेत अन्त्य होस।

म तिम्रो प्रेमको संसारमा यसरी डुब्न चाहन्छु
जहाँ डुबेपछि फेरि किनारमा फर्कन नपरोस।
म तिमिमा यसरी हराउँन चाहन्छु
जहाँ मेरो आफ्नैं अस्तित्व समेत नभेटियोस।
तिमी आउँनु यसरी आउँनु

जहाँ प्रेमको स्वतन्त्रतालाई आत्मसात गरि आउँनु।
यादहरुका नमिठा स्मृति बनेर होइन
प्रेमिल साझहरु लिएर आउँनु,
मायाका मिठा धुनहरु लिएर आउँनु
जहाँ केबल तिमी र म हुनेछौं
तो पल, तो समय,केबल हाम्रो हुनेछ।
म यसरी स्वतन्त्र भएर तिमीमा हराउँने छु
जहाँ मात्र तिम्रा लागि बाँचिदिने छु


एकछिन भएनि बिर्सिएर यो संसारलाई
तिमिले चाहेजस्तै बनाइदिने छु।
तिमी आउँनु यसरी आउँनु जसरी
बसन्तले सुनौंलो बिहानि लिएर आउँछ
त्यसरी प्रेमका रोमाञ्चक पलहरु लिएर आउँनु

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह