सरकार बदलिएसंगै सेयर बजारमा छायो हरियाली

काठमाडौं । नयाँ सरकार गठनसँगै उकालो लागेको सेयर बजार साताको चौथो कारोबारमा पनि उल्लेख्य बढेको छ । यस दिन बजार ५४.०४ अंकले बढेको हो ।

अघिल्लो कारोबारमा बजार ७० अंकले बढेको थियो । आजको कारोबारसँगै समग्र बजार परिसूचक २३६४.६३ मा कायम छ ।

बुधबार २०४ कम्पनीको सेयर मूल्य बढेको छ । ३२ कम्पनीको सेयर मूल्य घटेको छ ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँबराबरका तीन करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर एक लाख ४९ हजार ६८१ पटकमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ