प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले भोली साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत ब्याज दिनेछ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ४.५० देखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ब्यक्तिगत मुद्दति निक्षेपमा ६ देखि ७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ४.५० देखि ६ प्रतिशत ब्याज दिने छ भने बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ