एकैदिन २४ अर्ब बराबरको निक्षेप संकलन, सीडी रेसियाे ७७ प्रतिशतको लाइनमा

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन २४ अर्ब बराबरको निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार निक्षेप सार २५ गते मंगलबार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन असार २४ मा बैंकहरुको कुल निक्षेप ६४ खर्ब ३३ अर्ब रुपैयाँ थियो ।

वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि २३ अर्बले वृद्धि भएको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५ अर्ब रहेको थियो ।

असार २५ मा बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म बैंकहरुको कुल कर्जा लगानी ५१ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा असार २५ मा घटेर ५१ खर्ब ५६ अर्ब रुपैयाँ थियो।

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर