आइपीओ निष्कासन तयारीमा रहेको मौलाकाली केबलकारले १० महिनामा गर्यो ९ करोड ८० लाखको व्यापार

काठमाडौं । आइपीओ निष्कासन तयारीमा रहेको मौलाकाली केबलकार लिमिटेडले सन् २०२३ मा २ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यस कम्पनीले चालु आर्थिक वर्षको १० महिनामा भने ९ करोड ८० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ । केबलकार सञ्चालनमा आएसँगै व्यापारमा वृद्धि देखिएको हो ।

मौलाकाली केबलकार अक्टोबर सन् २०१६ मा स्थापना भएको हो । यसले नवलपरासी पूर्व, गैँडाकोटमा ४ तारे श्रेणीको रिसोर्ट सञ्चालन गर्ने तयारीमा छ । कम्पनीको केबलकार अप्रिल १४, सन् २०२३ देखि सञ्चालनमा छ । होटल भने अक्टोबर सन् २०२४ को मध्यदेखि सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा