गरिमा बैंकको शेयर विक्री खुला

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको छ ।

बैंकले चार लाख २६ हजार ९९०।३० कित्ता संस्थापक शेयरसर्वसाधारण्का लागि बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याए पनि तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको आज जारी सूचनामा उल्लेख छ ।

बैंकको शेयर खरिद गर्न चाहने शेयरधनीले १५ दिनभित्र लाजिम्पाट, काठमाडौंमा रहेको बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ