सेयर बजार नयाँ उचाईतिर लम्किन खोजेको हो ?

काठमाडौं । सेयर बजारमा सुधारको गतिले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २३.२५ विन्दुले बढेर २१७५।४० अंकमा आएको छ । ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंकबाहेक बाँकी सबै समुहका सूचक बढेका छन् । बुधबार वाणिज्य बैंक समूहमा पनि आकर्षण देखिएको छ । एउटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

केही दिनयता समग्रमा बजार बढिरहेको छ । दैनिक खरिदबिक्री रकममा पनि वृद्धि भइरहेको देखिन्छ । आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रक्षेपणसहित लगानीकर्ताले आफ्ना नयाँ रणनीतिहरु तय गरिरहँदा सेयर बजारमा सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ । अब ठूला दलहरुको सहकार्यमा नयाँ सरकार गठन हुनेछ । यसबाट अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सहयोग पुग्ने लगानीकर्ताको बुझाई रहेको देखिन्छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ