प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?