सोह्रखुट्टे,बालाजु सडक भासियो, पर्‍यो ११ फिट गहिरो खाल्डो

काठमाडौं । काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ । बुधबार सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो ।

सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । बुधवार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो ।

अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।

Related posts

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ बिक्री गर्दै

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम