साल्ट ट्रेडिङ कर्पोरेशनले बढायो खाने नुनको मूल्य

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्‍य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्‍यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको २६ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै न्यू शक्ति नुनको मुल्य प्रतिकिलो २० रुपैयाँ पर्ने भएको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।

Related posts

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि र नेपाल रिका सेयर धनीले सर्वाधिक गुमाए

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम