बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्ब नाघेको छ । असार १२ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सको निक्षेप संकलन ६३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर हाल बैंकहरूले ७९.७१ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन्

नेपाल बैंकर्स संघका अनुसार हाल बैंकहरूसँग ६ खर्ब रुपैयाँमाथि लगानी योग्य रकम (तरलता) रहेको छ । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमलाई लिएर यता बैंकहरूले पनि लगानीमा कडाई गर्दा निक्षेप थुप्रिन पुगेको हो ।

Related posts

साल्ट ट्रेडिङ कर्पोरेशनले बढायो खाने नुनको मूल्य

सोह्रखुट्टे,बालाजु सडक भासियो, पर्‍यो ११ फिट गहिरो खाल्डो

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ बिक्री गर्दै