डा.नवराज अधिकारीले पाए  नेपाल धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड९सेबोन० प्रशासकीय प्रमुखको जिम्मेवारी बोर्डका प्रवक्ता डा।नवराज अधिकारीले पाएका छन् । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका हुन् ।

गत साता रानाले अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी पाएका थिए । रानाले उक्त जिम्मेवारी सम्हालेपछि आफ्नो अनुपस्थिीमा बोर्डको काम कारबाही अघि बढाउन अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका हुन् ।

गत चैतमा सरकारले धितोपत्र सम्बन्धी ऐन संशोधन गरेर बोर्डमा अध्यक्ष रिक्त रहेको अवस्थामा अर्थमन्त्रालयको प्रतिनिधिले नै कार्यकारी अध्यक्षको हैसियतमा काम गर्ने अधिकार दिएको थियो ।धितोपत्र बोर्डको सञ्चालक समितिमा अर्थमन्त्रालयका सहसचिव प्रतिनिधि रहने व्यवस्था छ ।

Related posts

झिनो अंकले बढ्यो नेप्से 

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न सर्वोच्चको आदेश