निफ्राको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक शेयर आजदेखि  बिक्रीमा राखेको छ ।

बैंकले प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ मूल्य राखेर संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यस शेयर संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघ तथा संस्थाहरूले किन्न पाउनेछन् । शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन, विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिन सक्नेछन्  ।

Related posts

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

डा.नवराज अधिकारीले पाए  नेपाल धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको जिम्मेवारी