तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउँछ, भविष्यवाणी नगरौं : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कसैले पनि मौद्रिक नीति लचिलो आउँदैछ भनेर भविष्यवाणी नगर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको पूर्व मौद्रिक नीति छलफलमा गभर्नर अधिकारीले यस्तो आग्रह गरेका हुन् ।

अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति स्वाभाविक रूपमा कडा हुने बताएका छन् ।

‘अहिले बजारमा अपेक्षा सुन्दा निजी समस्यालाई जनरलाइज गरेको देखिन्छ । आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिन्छ,’ गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकका आफ्नै सीमितता छन् । हामी नीति निर्माताको उद्देश्य कसैलाई पनि ऋणमा डुबाउने होइन, धान्न सक्नेमात्र ऋण लिने अवस्था बनाउने हो ।

Related posts

नबिल बैंकले ल्यायो ‘नबिल ज्येष्ठ बचत खाता’

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

आइडियल सहकारीका पीडितको धर्ना र नाराबाजी