जहाँ एटीएमबाट पैसा होइन, पानी आउँछ

काठमाडौं । बैँकको एटीएम मेसिनबाट पैसा निकाल्ने कुरा त सबैलाई थाहा भएको बिषय हो । तर कतिपयलाई वाटर एटीएम के हो भन्ने थाहा नहुन पनि सक्छ ।
ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा सर्वसाधारणलाई सजिलो पार्नका लागि ठाँउ ठाँउमा वाटर एटिएम मेसिन राखिएको छ । नेपालमै पहिलो पटक २०७५ फागुनमा ललितपुर महानगरपालिकाले महानगरपालिका को प्राङ्गणमा यो मेसिन जडान गरिएको थियो । वाटर एटीएम मेसिनको सुविधाले उपभोक्ताको तिर्खा मेटाउन सहज भएको छ । एटीएमबार २०० मिलि लिटर र एक लिटर पानी पिउने व्यवस्था गरिएको छ। दुई सय मिलिलिटर पानीको मुल्य, दुई र एक लिटरको मुल्य १० रुपैयाँ राखिएको छ ।

एटीसममा दुई रुपैँयाको कोईन हानेपछि पानि झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानि पिउन पाइने व्यवस्था छ । वाटर एरियम मेसिन वीर अस्पताल शीक्षण अस्पताल पाटन अस्पताल लगायतका आस्पतालमा बढी बिरामीको चाप हुने हुनाले यस्ता ठाँउको अध्ययन गरेर राखिएको छ । वाटर एटिएमलाई नेपालीमा पधेँरी नामाकरण गरिएको छ । बँगालामुखी मन्दिर अगाडि राखिएको वाटर मेसिनको निमार्णका लागि १० लाख लगानी गरिएको छ ।
मन्दिरमा दर्शन गर्नका लागि त्यो बाटो हिड्ने र अन्य देशबाट नेपाल भम्रणको लागि आउने सम्पूणलाई उपलब्धीमुलक भएको छ । लालितपुर माहानगरपकिमा खानेपानिको धेरै असुविधा छ । एक लिटर पनि भर्न २५ रुपैया लाग्छ। यो मेसिनबाट पनि पिउँदा थेरै पैसा लाग्छ।

Related posts

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

फिल्म ‘पुजार सार्की’ ले हङकङमा ब्रेक गर्‍यो रेकर्ड