आज धान दिवस सकियो ४७ प्रतिशत रोपाइँ

काठमाडौं। शनिवार २१ औँ धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । देशका लगभग सबै ठाउँमा आज सरकारी तवरबाटै धान दिवस मनाइने गरिन्छ । किसानहरू खेतबारीमा व्यस्त हुन्छन् । मानो रोपेर मुरी फलाउने सिजनका रूपमा रहेको बर्खे बाली धान रोप्नमा किसानहरू व्यस्त रहेका छन् । ठाउँ अनुसार गोरुले जोतेर, मेसिनको प्रयोग गरेर वा खनेर रोपाइँ गर्ने गरिन्छ । कर्णाली प्रदेशमा पनि यति बेला रोपाइँ धमाधम भइरहेका छन् ।

केहीले रोपाइँ सकिसकेका छन् भने कतिपयले जग्गा तयारी गरिरहेका छन् । अधिकांश पहाडी भूभाग भएको कर्णालीका १० वटै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । आज २१ औँ धान दिवसको अवसर पारेर कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जलवायु मैत्री धान उत्पादन प्रविधिहरू र चामलबाट तयार गरिएका परिकारहरूको प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयको नेतृत्वमा कृषि विकास निर्देशनालय, कृषि अनुसन्धान निर्देशनालय दशरथपुर, बराहताल गाउँपालिका, जनज्योति मावि बड्डीचौर, विभिन्न गैर सरकारी सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा बड्डीचौर–५ मा कार्यक्रमको आयोजना गरेको कृषि विकास निर्देशनालयका कार्यालय प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।

Related posts

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा