सुनकाे मूल्य एक हजारले बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार १०० कायम भएको छ ।

यता चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । बिहीबार १ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने १० रुपैयाँले बढेको हो ।

Related posts

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

फिल्म ‘पुजार सार्की’ ले हङकङमा ब्रेक गर्‍यो रेकर्ड