सानिमा बैंकको ४९ हजार कित्ता सेयर १४५ रुपैयाँमै, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।इच्छुक जो कोही व्यक्ति संघसंस्थाहरुले यस सेयर खरिदका लागि आवेदन दिन सकिने छ ।

असार १४ गतेबाट १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ भने खरिदकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

Related posts

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

डा.नवराज अधिकारीले पाए  नेपाल धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको जिम्मेवारी