नबिल बैंकले ल्यायो ‘नबिल ज्येष्ठ बचत खाता’

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल ज्येष्ठ बचत खाता’ सञ्चचालनमा ल्याएको छ । तीन वटा बीमा सुविधासहित बचत खाता सञ्चालनमा ल्याएको नबिल बैंकले जनाएको छ ।

यस खातामा आबद्ध हुने ग्राहकले १३ घातक रोग औषधोपचार बीमा बापत तीन लाख रुपैयाँ, मृत्यु बीमा बापत ७५ हजार रुपैयाँ र प्राणघातक रोगकाे कारण मृत्यु बीमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउने बैंकले जनाएकाे छ ।

स्विफ्ट ट्रान्सफर/डिमान्ड ड्राफ्टमा ५० प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ । त्यसैगरी यस खातामा निःशुल्क मोबाइल बैंकिङकाे सुविधा पाउन सकिने छ ।

लक्करको सुविधा पनि रहेको यस खातामा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । ३.१५ प्रतिशतको ब्याजदर रहेको नबिल ज्येष्ठ बचत खाता निशुल्क खाेल्न सकिन्छ ।

Related posts

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

डा.नवराज अधिकारीले पाए  नेपाल धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको जिम्मेवारी