क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने, राष्ट्र बैंकले लागू गर्यो यस्तो नयाँ व्यवस्था

काठमाडौं । अब क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कार्यरत भारतीय नागरिकले ती खातामा प्रतिदिन भारु १५ हजार र प्रति महिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकवापतको सटही सुविधा पाउँछन् ।

यसअघि कार्डबाट मात्रै भुक्तानी गर्न मिल्नेमा अब क्यूआर कोडमार्फत पनि भुक्तान गर्न सकिने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ ।

यस्तै भारतीय रुपैयाँको सटही सुविधा भारत र भुटानमा क्यूआरलगायत विद्युतीय माध्यमबाट हुने मर्चेन्ट पेमेन्ट समेत उपलब्ध हुनेछ । यस्तो सटहीको सुविधा कार्डका लागि कायम सीमासम्म हुने केन्द्रीय बैंकले जनाएको छ ।

Related posts

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

फेवातालमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु