सेबोनको अध्यक्षका लागि २ जनाको नाम सिफारिस गर्न नमिल्ने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई सुझाव दिएको छ ।

असार ५ गते बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव मागेको थियो । महान्यायाधिवक्ता कार्यालयले समितिलाई २ जनाको नाम सिफारिस गर्न नमिल्ने र कम्तीमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव दिएको छ ।

महान्याधिवक्ता कार्यलयले कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले कम्तीमा ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्न सक्नेसहितको लिखित जवाफ दिएको छ ।

त्यस्तै बोर्ड अध्यक्षका नियुक्तीका लागि पुनः सूचना जारी गरी तीन जनालाई कार्यप्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाउन सक्ने विकल्प पनि रहेको कार्यालयले जनाएको छ ।

Related posts

पोखरा महानगर र मलेपविरूद्ध सर्वोच्च पुग्यो मणिपाल

तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउँछ, भविष्यवाणी नगरौं : गभर्नर

नबिल बैंकले ल्यायो ‘नबिल ज्येष्ठ बचत खाता’