सुनको भन्सार वृद्धि र कोटा सिस्टमको विरोधमा व्यवसायीको प्रदर्शन

काठमाडौँ । सुनचाँदी व्यवसायीले राष्ट्र बैंकको कदमको विरोध गर्दै प्रदर्शन गरेका छन् । राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा सिस्टम र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा व्यवसायीहरुले पसलनै बन्द गरेर विरोध जनाएका हुन् ।
सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार फस्टाउने र वास्तविक व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीहरुको दावी छ ।

यता, राष्ट्र बैंकले दैनिक १० किलोग्राम ९केजी० सम्म सुन आयात हुँदै आएकोमा यसको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी नयाँ व्यवस्था गरेको छ। तर यसमा पनि भन्सार महँगो पर्ने गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका हुन् ।

Related posts

तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउँछ, भविष्यवाणी नगरौं : गभर्नर

नबिल बैंकले ल्यायो ‘नबिल ज्येष्ठ बचत खाता’

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, नेपाल फाइनान्सको सर्वाधिक कारोबार