विद्युतीय चुलोको आयात घट्दो, ग्यास विस्थापन भने सरकारमा भाषणमा सिमित

काठमाडौं । नेपाली बजारमा इन्डक्सन चुल्हो आयात र इन्फ्रारेड चुलोको मागको वृद्धिदर उत्साहजनक देखिदैदन। विद्युतीय चुलो प्रयोग बढाउने सरकारी योजना भाषणमा मात्र भएको छ ।

सरकारले विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरिरहे पनि विद्युत् वितरण प्रणालीमा रहेको समस्या समाधान नहुँदा नेपालमा इन्डक्सन आयात सामान्य वृद्धि भएको छ । पटक पटक बिजुली गइरहने समस्याले विद्युतीय चुलो किन्न र किनेहरुले नियमित प्रयोग गर्न चासो देखाएका छैन् ।

विद्युतीय चुलो प्रयोग बढ्ने सम्भावना धेरै भएपनि बजारमा माग नबढेको तथ्यांकले देखाउँछ ।
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०र८१ को ६ महिनाको अवधिमा १८ करोड १६ लाख ५२ हजार रुपैयाँ बराबरको ८५ हजार २६६ थान विद्युतीय चुलो आयात भएको देखिएको छ । यो अघिल्लो वर्षको यही समयअवधिको तुलनामा ४० प्रतिशतले कम हो ।

Related posts

साल्ट ट्रेडिङ कर्पोरेशनले बढायो खाने नुनको मूल्य

पोखरा महानगर र मलेपविरूद्ध सर्वोच्च पुग्यो मणिपाल

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम