फेवातालमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

काठमाडौं । पोखराको फेवातालमा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।

दिउँसो पौने ५ बजे पोखरा महानगरपालिका-१८ खपौंदीमा फेवातालमा माछा मार्ने क्रममा बागलुङ घर भएका ३३ वर्षका सुकबहादुर मगरको मृत्यु भएको हो ।
उनी फेवातालमा डुबेको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि पुगेको थियो ।

५ बजेर २१ मिनेटमा उनलाई उद्धार गरेर पश्चिम क्षेत्रीय अस्पताल पठाएको र उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

Related posts

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने, राष्ट्र बैंकले लागू गर्यो यस्तो नयाँ व्यवस्था

झलनाथ खनालको सर्पपालन परियोजनामा १८ करोड भ्रष्टाचार भएको ठहर