एस.ई.ई. को नतिजा भोली प्रकाशन गर्ने तयारी

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफलको नतिजा प्रकाशन गर्ने अन्तिम तयारीको अवस्थामा पुगेको छ । आज नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको बोर्डले आन्तरिक तयारी नपुगेको भन्दै भोली असार १३ गते  नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । 

यता बोर्डले परिक्षाको नतिजा हेर्न सकिने वेबसाइटबारे जानकारी गराएको छ । बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १५ संस्थाले अनुमति पाएका छन् । 

जसमा १० वटा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ । नेपाल टेलिकमको एसएमएस आईभीआरमा १६०० डायल गरी नतिजा हेर्न सकिनेछ ।