कुमारी बैक को शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले संस्थापक शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर बैंकका संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् ।

शेयर किन्न चाहने संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्य  बिक्रेताले तोकेबमोजिम हुने बैंकले उल्लेख गरेको छ ।निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Related posts

राष्ट्र बैंकद्वारा ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी, के हो यो ?

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा