सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ४० करोडको कारोबार

काठमाडौं । सेयर बजारमा बुधबार सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को विन्दुमा बन्द भएको हो।

झिनो अंकले बढेको बजारमा आज १३५ कम्पनीको शेयरभाउ बढेको छ भने १०४ कम्पनीको शेयरभाउ घटेको छ। आज ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। आज ३ अर्ब ४० करोडकाे कारोबार भएकाे छ । १३५ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ८ को स्थिर रह्यो ।

फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.६२ प्रतिशत (५८ अंक) बढ्यो । बैंकिङ १.६, हाइड्रोपावर ८.५, माइक्रोफाइनान्स ६.८, निर्जीवन बीमा १८.८ र अन्य समूह २.५ अंक बढे । विकास बैंक ५.२, होटल तथा पर्यटन समूह १९, जीवन बीमा १३, उत्पादन २८ र व्यापार समूह ३८ अंक घटे ।

नेपाल फाइनान्स र समाज लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको ९.३, मन्दाकिनी हाइड्रोपावरको ८.२ सामलिङ पावरको ८, आत्मनिर्भर लघुवित्तको ७.३, सिर्जनशील लघुवित्तको ६.८, विन नेपाल लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो ।

Related posts

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

डा.नवराज अधिकारीले पाए  नेपाल धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको जिम्मेवारी