मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

काठमाडौं। मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात तीन दशमलव ६१ प्रतिशतले घट्दा निर्यात भने १० दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । उनका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजारको मालवस्तु निर्यात भएको जानकारी दिए ।

पेट्रोल, फलामका सामग्री र विद्युतीय उपकरणलगायत आयातमा सामान्य वृद्धि हुँदा डिजेल, हवाई इन्धन, तरकारी, जुट, जिप्सम, कपडा, एलपिजीलगात सामग्री आयातमा भने गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधीमा घटेको छ ।

Related posts

तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउँछ, भविष्यवाणी नगरौं : गभर्नर

नबिल बैंकले ल्यायो ‘नबिल ज्येष्ठ बचत खाता’

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, नेपाल फाइनान्सको सर्वाधिक कारोबार