धरान घोपा क्याम्प (BPKIHS) अस्पतालको क्वाटरमा चरम लापरबाही

काठमाडौं । धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्ने डाक्टर , नर्स, हेल्पर, हेल्थएड र घोपाक्याम्पमा कार्यरत अन्य कर्मचारीहरुले पाउने सुविधामार्फत क्वाटर पनि एक हो । यस प्रतिष्ठानमा टाढाटाढाबाट पैदल हिडेर डियुटीमा धाउने कर्मचारी , नर्सहरु पनि छन । धरान घोपाकै परिसरभित्र खसी बाख्रा सुँगुर पाल्ने , पशुचोैपाया र घोपा क्याम्प परिसर भित्रै रहेको डिल्ली पब्लिक स्कुलभित्र पशु छाडा लगाउने, सडक र बाटोमा पशु छाडा लगाइदिने जसले गर्दा सडकमा दुर्घटना बढन सक्ने उच्च जोखिम रहेको छ ।
धरान बिपी प्रतिष्ठानमा बिरामीको कुरुवा बस्नेसम्म उचित व्यवस्थापन नभइरहेको बेला प्रतिष्ठानकै फारम टोलमा भने क्वाटरको दुरुपयोग हुँदै आइरहेको छ यस विषयमा प्रतिष्ठानले कुनै पनि चासो नदिएको र प्रतिष्ठानभित्रै कार्यरत पैदल हिडेर आउने कर्मचारीहरु प्रतिष्ठानको क्वाटरको सुविधाबाट बिमुख भएका छन । घोपा क्याम्प एउटा अस्पताल हो अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा पशुचोैपायलाई सडक गल्ली र बाटोमा छाडा लगाउनु कतिको जायज छ । यसमा प्रतिष्ठानले गम्भीर ध्यान दिन आवश्यक छ ।

Related posts

क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने, राष्ट्र बैंकले लागू गर्यो यस्तो नयाँ व्यवस्था

फेवातालमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

झलनाथ खनालको सर्पपालन परियोजनामा १८ करोड भ्रष्टाचार भएको ठहर