गाडी किन्न बैंकले दियो १२४ अर्ब

काठमाडौँ । बैंकको कर्जा लगानीको स्थिति हेर्दा चालु आर्थिक वर्षको १० महिनामा कुल ५१ खर्ब १२ अर्ब ५८ करोड रुपैयाँ प्रवाह भएको छ । राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त क वर्णको वाणिज्य बैंकमार्फत अधिकतम ४५ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ लगानी भएको छ भने ख वर्गको विकास बैंकमार्फत ४ खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ ।

बाँकी अन्य फाइनान्स कम्पनीहरूले ९८ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म गरेको कर्जा लगानीको तथ्याङ्क हो यो ।

राष्ट्र बैंकको रिपोर्ट अनुसार सबैभन्दा बढी कर्जा होलसेल तथा रिटेल व्यावसायिक क्षेत्रमा गएको छ । १० महिनामा बैंक तथा वित्तीय क्षेत्रले यस्तो व्यापार क्षेत्रमा मात्र १० खर्ब १५ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जाको १९।८५ प्रतिशत हो । आर्थिक शिथिलताका कारण पछिल्लो समय उपभोग्य बजारको क्रय शक्ति घट्दा यो क्षेत्रको कर्जा माग समेत केही घट्न पुगेको छ । चैत महिनासम्म होलसेल तथा रिटेल क्षेत्र एक्लैले १० खर्ब २२ अर्ब रुपैयाँ कर्जा उपभोग गरेकोमा पछिल्लो महिना यस्तो कर्जा उपभोगमा ०।६८ प्रतिशतले ह्रास आएको छ ।

Related posts

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

फिल्म ‘पुजार सार्की’ ले हङकङमा ब्रेक गर्‍यो रेकर्ड