आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका “आँखालाई माया गर्नुहोस्” लोकार्पण

काठमाडौं– आज मंगलबार “आँखालाई माया गर्नुहोस्” नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण भएकोे छ ।
बालबालिकाले सानैबाट आखा स्वास्थ्य सम्बन्धी शिक्षा लिन सकुन् भन्ने उद्देश्यले पुस्तक तयार पारिएको हो । नेपालका लागि अष्ट्रेलियाली राजदूत महामहिम् फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गद्वारा यस पुस्तकको लोकार्पण भएको थियो । अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा रिलेटिभ नेपालका विज्ञ मिथिला कलाकारहरूको कलाद्वारा मिथिला चित्रसहितको बाल पुस्तिका तयार पारिएको हो ।

यि पुस्तकहरु तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागमा उपलब्ध हुनेछन् ।(अष्टेलीयाली दुतावास, आफन्त नेपाल र सान्ड्रा फिल्डेली) यिनीहरु अवधारणा ल्याउने, प्रकाशन गर्ने र चित्र भर्ने संस्थाहरु हुन् । बाल पुस्तिकामा उपचारका क्रममा आफ्नो पालो पर्खिरहेका बालबालिकाले स्वर्गीय डा. फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको बारे पनि उल्लेख गरिएको छ । कलाकारहरुको प्रतिनिधित्व गर्दै रिलेटिभ नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डलले जनकपुरका मिथिला कलाकारहरुलाई निरन्तर सहयोग गरेकोमा प्रायोजकमा धन्यवाद ज्ञापन गरे ।

दुतावास, तिलगंगा आँखा प्रतिष्ठान र आफन्त नेपालको सहकार्यले परम्परागत कलामार्फत आँखा स्वास्थ्य सचेतना र आदिवासी साँस्कृतिक कलाको प्रवर्धन गर्ने अपेक्षा रहेको उनले बताए । उनले भने “यस्ता अवसरहरुले परम्परागत मिथिला मिथिला चित्रहरुलाई विश्वभरका दर्शकहरुमाझ पु¥याउन र त्यसलाई आयको श्रोतको रुपमा विकास गर्न मद्धत गर्नेछ ।”त्यस्तै, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले किताब प्रकाशन का लागि अष्टेलीयाली दुतावास, आफन्त नेपाल र सान्ड्रा फिल्डेली लाई धन्यवाद दिदै यस्ता क्रियाकलापहरुले नेपाल–अष्टे«लियाको सम्बन्ध विस्तार गर्न मद्धत पुग्ने बताइन् ।

Related posts

समाचार लेखेकै भरमा दुव्यवहार

धरान घोपा क्याम्प (BPKIHS) अस्पतालको क्वाटरमा चरम लापरबाही

अछाममा छाउगोठमा एकजना किशोरीमाथी सामुहिक बलात्कार