पेट्रोलियम ढुवानी चालकहरूसँग भयो सहमति

नेपाल आयाल निगम र पेट्रोलियम चालकहरूबीच सहमति भएको छ ।

सहमति भएसँगै पेट्रोल पम्पहरू खुल्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्। दुई पक्षबीच सहमति भएको छ ।
शनिबारदेखि ट्यांकर चालकहरूले सम्पूर्ण ट्यांकर चालकरसहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गरिरहेका थिए ।

उक्त आन्दोलनलाई लिएर सोमबार दुई पक्षबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको थियो।

Related posts

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि र नेपाल रिका सेयर धनीले सर्वाधिक गुमाए

साल्ट ट्रेडिङ कर्पोरेशनले बढायो खाने नुनको मूल्य

पोखरा महानगर र मलेपविरूद्ध सर्वोच्च पुग्यो मणिपाल