फेरि उच्च बिन्दु नजिक अमेरिकी डलर, अन्य मुद्राको मूल्य कति?

गएको बुधबार अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन एक अमेरिकी डलर एकको बिक्री मूल्य १३४ रुपैयाँ १ पैसा रहेको थियो । त्यसपछि ह्रास आएको अमेरिकी डलर पुन: उच्च बिन्दु नजिक पुग्दै आज एक अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ पुगेको छ ।

आज अमेरिकी डलरको खरिद मूल्य भने १३३ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी आजको लागि युरोपियन युरो एमको खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४० पैसा कायम भएको छ । हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो ।

Related posts

रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

प्रत्येक नेपालीको थाप्लोमा ८६ हजार रुपैयाँ ऋण, दुई महिनामै थपियो साढे ९४ अर्ब