बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा अध्यक्ष सूर्य प्रसाद सिलवालले राजनीतिक आड र अख्तियारका प्रमुख आयुक्त प्रेम राईको साथ लिएर चर्को जालझेल गरिरहेका छन् । अध्यक्ष सूर्य प्रसाद सिलवालले अख्तियार दुरुपयोग गर्दै कानुनले गर्नुपर्ने भनेर तोकिएको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी फाइल अघि नबढाएर नियामक नेपाल बीमा प्राधिकरणमा अस्थिरता कायम गरेका छन् ।

बीमा प्राधिकरणको कार्यकारी निर्देशक पद यही जेठ १२ गतेदेखि रिक्त छ । रिक्त पदमा पदपूर्ति गर्न पदपूर्ति समितिको बैठक सो समयअगावै बसेर जेठ १२ गतेपछि कार्यकारी निर्देशक भएर काम गर्ने कर्मचारी छनोट गरिसक्नुपर्ने थियो तर, त्यसो गरिएन । समयमा कार्यकारी नियुक्तिसम्बन्धी प्रक्रिया अघि नबढाउँदा विभिन्न तत्वहरूले चलखेल गर्ने मौका पाएका छन् । जसको परिणाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले समेत प्रत्यक्ष चासो राखेको तथ्य आर्थिक दैनिकले फेला पारेको छ ।

Related posts

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि र नेपाल रिका सेयर धनीले सर्वाधिक गुमाए

साल्ट ट्रेडिङ कर्पोरेशनले बढायो खाने नुनको मूल्य

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम